लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ  « Khabarhub

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका छन् । 

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधानसम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर लगायतका अन्य परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका हुन् ।

केही जग्गाधनीले नगद मुआब्जाको सट्टा जग्गाको बदलामा जग्गा उपलब्ध गराउनुपर्ने विषयमा छलफल भएको उनले बताए । उनले मुआब्जा समस्यालाई समाधानका लागि धेरै प्रयास गरिरहेको भन्दै स्थानीय समुदाय पनि सहमतिमा आउनुपर्नेमा जोड दिए । 

मुआब्जा समस्यालाई समाधान हुन नसकेको अवस्थामा आयोजनाको लागत निकै उच्च हुने भएकाले सरकारले यसमा विशेष ध्यान दिएको उनको भनाइ छ ।  

दातृ निकायको मापदण्डअनुसार मुआब्जा समाधान गर्नुपर्ने आवश्यकता भन्दै उनले परियोजनाको सामाजिक पक्षप्रति सरकार गम्भीर रहेको स्पष्ट पारे । आयोजनाको लागत महँगो भए त्यसबाट उत्पादित विद्युत् समेत महँगो हुने अवस्था आउने उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : १२ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा