तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो « Khabarhub

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । 

तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा पठाइएको हो । जिल्ला प्रहरी कार्यालयले मागअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेकाले सहयोग गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

उनले भने, ‘जिल्लामा छनोट भएकामध्ये अहिलेसम्म ४२ जना अनुपस्थित देखिएका छन्, आजसम्म उपस्थित नभए वैकल्पिक रहेका १२९ जनाबाट व्यवस्थापन गरिनेछ ।’

गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा मागअनुरूप आवेदन नपरेपछि पुनः माघ १० र ११ गते दुई दिन माग गरेकामा माग सङ्ख्या पूरा भई अन्य जिल्लामा सहयोग गर्न सकिएको प्रहरी नायब उपरीक्षक विकले बताए। उनका अनुसार उक्त दिनमा पुरुष ४३६ र महिला २१७ गरी ६५३ जनाले आवेदन दिएका थिए ।

त्यसैगरी तनहुँमा ३०९ मतदान केन्द्रमध्ये आठवटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । उक्त अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको  छ । 

जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

 उनले भने, ‘निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको मुख्य दायित्व हो, जिल्लामा १० स्थानीय तह रहेका छन्भने दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका  छन् ।’
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : ५९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग