निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया « Khabarhub

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ।

आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाबिन्दु देखिएका ८९ जनाको शल्यक्रिया गरिएको हो । 

शिविरमा छ सय जनाको आँखा परीक्षण गरिएकामा एक सय १७ जनामा मोतियाबिन्दु देखिएको थियो । त्यसमध्ये ८९ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । 

सामान्य आँखा समस्या, दृष्टि कमजोर हुनु, आँखा दुख्ने जस्ता समस्या लिएर आएका सेवाग्राहीले निःशुल्क परामर्श तथा औषधि समेत प्राप्त गरेका थिए ।

लामो समयदेखि आँखाको समस्या भएपनि आर्थिक अवस्था कमजोर वा टाढा जान नसक्दा उपचार गर्न नपाएका धेरै नागरिक यस शिविरमार्फत पहिचानमा आएको उपाध्यायले बताए। 

शल्यक्रियापछि सेवाग्राहीहरूले पुनः स्पष्ट देख्न पाएको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका छन् । कतिपय ज्येष्ठ नागरिकले लामो समयपछि अनुहार चिन्न, किताब पढ्न र दैनिक कामकाज सहज भएको बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले शिविरले आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सहयोग पुगेको बताए। 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ शिविर सञ्चालन गरिएको बताए। 

गाउँपालिकाले आगामी दिनमा आँखा उपचार मात्र नभई अन्य स्वास्थ्य समस्यालाई लक्षित गरी पनि विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइरहेको उनले बताए।
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : ०९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग