चार करोड मूल्य बराबरको धान खरिद « Khabarhub

चार करोड मूल्य बराबरको धान खरिद


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ ।

कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट  हालसम्म ११ हजार २३५ क्विन्टल सोना मन्सुली धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाको दरले ११ हजार २३५ क्विन्टल धान खरिद गरिएको कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाले बताए। 

गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको र हालसम्म सो परिमाणको धान खरिद भइसकेको कार्यालयका प्रमुख थापाले बताए।

उनका अनुसार यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले कार्यालयमा नाम दर्ता गराएको छ । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य बढी भएकाले धान बिक्री गर्ने किसान आउने क्रम बढेको उनको भनाइ छ । 

बजारमा ३ हजार प्रतिक्विन्टल धान खरिद बिक्री भइरहेको छ। कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए ।

धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । कार्यालयका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म किसानले ल्याएको धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरी जिल्लाका २४० जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका छन् ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइकन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानको सङ्ख्या बढी रहेको उनले बताए । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको वरिष्ठ सहायक जयकिशुनप्रसाद चौधरीले जानकारी दिए । 

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिए ।
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : २३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग