६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स « Khabarhub

६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ०४ बजे

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका

अनुमति बिना स्टिकरको प्रयोग निषेध

चितवन– प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको