मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’ « Khabarhub

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा अहिले भारतीय मिडियामै बाक्लोसँग भइरहेको छ। इरानमाथि आक्रमण गर्ने योजना एक हप्ता अघि नै तय भएको अवस्थामा मोदी इजरायल पुगेका थिए । उनी फर्किएको भोलिपल्टै इरानमाथि आक्रमण भयो ।

अमेरिकाको समाचार साइट एक्सियोसले अमेरिका र इजरायलले वास्तवमा इरानमाथि एक हप्ताअघि नै आक्रमणको योजना बनाएका खुलासा गरेको छ । तर अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार अपरेशनल र इन्टेलिजेन्स कारणले आक्रमण सारिएको थियो । आश्चर्यजनक कुरा त के छ भने भारतीय प्रधानमन्त्री इजरायलको भ्रमणबाट फिरेलगत्तै इजरायलले इरानमाथि आक्रमण गर्‍यो ।

एक हप्तासम्म किन आक्रमण टारियो त ? त्यसबेला एक्सियोसले डोनाल्ड ट्रम्पसँग दुई विकल्प रहेका जनाएको छ । कूटनीति र युद्ध । यो एक हप्तामा अमेरिकी अधिकारीहरूलाई आफ्नो योजनामा काम गर्न थप समय मिल्यो, जसको योजना विगत दुई महिनादेखि भइरहेको थियो। यसैले प्रश्न उठ्छ : के मोदीको भ्रमणलाई इजरायलले कभरको रूपमा प्रयोग गर्‍यो ?

इरानलाई अन्तिम मौका वा झुक्याउने खेल?

यो एक हप्तामा जेनेभामा इरानसँग वार्ता भएको थियो । दुनियाँलाई गुमराहमा राख्नका लागि पनि अमेरिकाले इरानलाई अन्तिम मौका भन्दै वार्ता गरेको थियो । फेब्रुअरी १७ मा अमेरिकी र इरानी अधिकारीहरूको दोस्रो चरणको वार्ता कुनै नतिजाबिना सकियो ।

त्यसपछि अमेरिका र इजरायली अधिकारीहरूले फेब्रुअरी २१ मा इनमाथि आक्रमणको मिति तय गरे । तर फेब्रुअरी २१ मा आक्रमण गर्ने योजना टारियो । अमेरिका र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार यसको मुख्य कारण त्यस क्षेत्रको खराब मौसम थियो ।

तर ,अमेरिकी अधिकारीले यसको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘केही मानिसहरूले यो चन्द्रमा, मौसम वा अरू कुनै कुरासँग सम्बन्धित छ भन्छन् । तर यो बकवास हो ।’

उनले भने, ‘मौसमको कुरा त थियो। तर यसमा कुनै शंका छैन, मौसमको मामिला इजरायलीहरूको दिमागमा बढी थियो ।’

जबकि अर्का इजरायली अधिकारीले बताएअनुसार मुख्य रूपमा अमेरिकाका तर्फबाट आक्रमणमा ढिलाइ भयो । इजरायल डिफेन्स फोर्ससँग समन्वय थप सुदृढ बनाउन भन्दै अमेरिकाका तर्फबाट आक्रमणको मिति सारिएको थियो ।

इजरायली राजदूत येचियल लेइटरले दुई फरक बैठकलाई लक्षित गरी आक्रमणको योजना बनाइएको दाबी गरेका छन् ।

इजरायली अधिकारीका अनुसार सुरुको आक्रमण इरानका सर्वोच्च नेता अली खामेनेई र उनका छोराहरूसँगै वरिष्ठ इरानी अधिकारीहरूको बैठकहरूलाई निशाना बनाउन थियो, जसमा हरेक शनिबार हुने नियमित बैठक पनि समावेश थियो ।

तर एक हप्ताको ढिलाइले इजरायली र अमेरिकी इन्टेलिजेन्स अधिकारीहरू खामेनेई आफ्नो घरबाट अन्डरग्राउन्ड बंकरमा सर्ने र उनलाई मार्न कठिन हुने चिन्तामा चिन्तित थिए ।

एक इजरायली गुप्तचर अधिकारीका अनुसार अमेरिका र इजरायलले हमला नहुने संकेत दिन चाहेका थिए, ताकि खामेनेई सुरक्षित महसुस गरेर बंकरमा नजाऊन् । यस सन्दर्भमा मोदीको कूटनीतिक भ्रमणलाई कभरका रूपमा प्रयोग गरिएको आशंका छ ।

इजरायलका एक इन्टेलिजेन्स अधिकारीले अमेरिका र इजरायल इरानसँग वार्ताका नाममा युद्ध नहुने सन्देश दिएर भित्रिभत्रै हमलाको तयारीमा जुटेको खुलासा गरेका छन् । इरानका सर्वोच्च नेता सुरक्षित महसुस गरेर बङ्करमा नजाउन् भन्नका लागि यी दुई देशले वार्ताको ढोङ गरेको उनले खुलाए ।

के यसै कारण भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई इजरायलमा बोलाइएको थियो त ? मोदीको कूटनीतिक भ्रमणलाई आक्रमण नहुने भनेर ‘कभर’का रूपमा प्रयोग गरिएको अनुमान अहिले भइरहेको छ ।

ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने खामेनेई जमिनमुनि लुकेका भए पनि भेटिने दाबी गरेका छन् । एक्सियोसले जनाए अनुसार वार्ता चलिरहँदा खामेनेई जमिनमुनि बङ्करमा लुक्न गएका थिएनन् । तर उनले भने, ‘यदि उनी जमिनमुनि भए पनि हामीले उनीहरूलाई समात्थ्यौँ ।’

आक्रमणमा एक हप्ताको ढिलाइले अघिल्लो जेनेभामा भएको वार्ताको अर्को चरणका लागि पनि मार्ग प्रशस्त गर्‍यो । तर यो बैठक किन बोलाइएको थियो भन्ने अझै स्पष्ट छैन । एक इजरायली अधिकारीले जेनेभा वार्ताको उद्देश्य आक्रमणको नयाँ मिति तय गर्नु थियो । इरानीहरूलाई ट्रम्प अझै कूटनीतिक वार्तामा सकारात्मक छन् भन्ने विश्वास दिलाउन यसो गरिएको थियो ।

अर्का इजरायली अधिकारीले आक्रमणको नयाँ मिति ट्याक्टिकल र अपरेशनल कारणले तय गरिएको जनाएका छन् । उनका अनुसार वार्तालाई वास्तविक रुपमै गम्भीरतापूर्वक लिइएको थियो ।

यदि ट्रम्पले जेनेभा बैठकमा इरानी अधिकारीहरूमा गम्भीरता देखेका भए आक्रमणलाई थप टर्न सक्थ्यो । दुबै अमेरिकी अधिकारीहरूले जेनेभामा भएको बैठक वास्तवमा एक चाल मात्रै थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् ।

जेनेभामा इरानलाई अमेरिकी प्रस्ताव

अमेरिकी अधिकारीहरूले अमेरिकाको तर्फबाट वार्तामा सहभागी ट्रम्पका दूत ज्यारेड कुश्नर र स्टीभ विटकफ कुनै सम्झौता हुनेमा सशंकित थिए । बिहीबार बिहानको बैठक समाप्त भएपछि कुश्नर र विटकफ अन्तिम अमेरिकी प्रस्ताव लिएर फर्किएका थिए ।

यो प्रस्तावमा इरानी युरेनियम इन्चमेन्टमा १० वर्षको रोक लगाउने माग समावेश थियो । यस क्रममा अमेरिकाले इरानलाई उसको नागरिक आवश्यकता पूरा गर्न निःशुल्क न्यूक्लियर फ्युल सप्लाई गर्ने प्रस्ताव पनि दिएको थियो । ट्रम्प टिमका एक सदस्य र अमेरिकाका एक अधिकारीले यदि इरानीहरूले प्रस्ताव नमाने सैन्य प्रयोगबारे उनीहरूको उद्धेश्य पूर्ण रूपमा स्पष्ट थियो ।

इरानले नयाँ अमेरिकी प्रस्तावलाई पनि अस्वीकार गरेको दाबी उनीहरूको छ । जसपछि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे ।

इरानसँगको तनावका बीच इजरायलले भारतीय प्रधानमन्त्रीलाई भ्रमणका लागि बोलाएर वास्तविक सैन्य योजना लुकाउन खोजेको भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ०२ बजे

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न