आज विश्व अटिजम सचेतना दिवस मनाइँदै « Khabarhub

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो मस्तिष्क विकाससँग सम्बन्धित छ ।

विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ ।

अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ ।

यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : ५० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको