संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने « Khabarhub

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको भूमिकालाई सशक्त राख्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले संसद्‌मा प्रतिपक्षीको आवाज कमजोर हुन नदिने प्रतिबद्धता जनाए। प्रतिपक्षको आवाज कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको भनाइ छ।

‘हामी संसद्‌मा प्रतिपक्षको आवाज कमजोर बनाउँदैनौँ। हामीलाई थाहा छ, सदनमा प्रतिपक्षको आवाज कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने।

उनले संसद्लाई बहस र विचार विमर्शको थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन,’ उनले भने, ‘विगतमा भएको राजनीतिक प्रतिशोधको अन्त्य गर्नेछौं।’

लामिछानेको अभिव्यक्तिलाई संसदीय अभ्यासलाई मर्यादित र संवादमुखी बनाउने प्रयासका रूपमा लिइएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ५४ बजे

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर