डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय « Khabarhub

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । आगामी चैत २२ गते संसद बैठक डाकिएको छ । सोही बैठकले नयाँ सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।

स्थापनाकालदेखि नै उपसभापति बनेका अर्याललाई पार्टीले संसद चलाउने ऐतिहासिक जिम्मेवारी दिने भएको हो । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको दाबेदार मानिएका अर्याललाई सभामुखमा पठाउन बालेन्द्रले रविलाई सल्लाह दिएको नेताहरु बताउँछन् ।

पार्टी सभापति र प्रधानमन्त्रीको सल्लाहमै अर्याल सभामुख बन्न लागेका हुन् । उनी पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा पार्टीको नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

पार्टीमा समन्वयकारी भूमिकामा देखिएका उनलाई सभामुखमा पठाउने निर्णय भएसँगै उनी सभामुख हुने पक्कापक्की भएको छ ।

हाल कायम संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग १८२ अर्थात् दुई तिहाई बहुमतभन्दा दुई सिट कम छ । सभामुख सत्तापक्षको भए पनि संविधानअनुसार उपसभामुख प्रतिपक्ष र फरक लिङ्गको हुनुपर्नेछ । त्यसकारण उपसभामुख कुन दलले पाउँछ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ५ : २८ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको