संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ « Khabarhub

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले) भित्र तरंग पैदा भएको छ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने बताएका छन् ।

पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारे।

उनले शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीर समीक्षा हुने र उचित निर्णय हुने बताएका छन् ।

यसैबीच एमाले उपमहासचिव योगेश भट्टराईले पनि पार्टीको वैचारिक धारणा स्पष्ट पार्दै जनताको बहुदलीय जनवाद (जबज) एमालेको मार्गदर्शक सिद्धान्त भएको बताएका छन् ।

उनले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र संवैधानिक बाटोबाट समाजवादको आधार तयार गर्ने एमालेको मूल नीति रहेको उल्लेख गरे ।

भट्टराईले एमाले विपक्षमा रहे पनि राज्यका संस्थाहरूप्रति सम्मान र विश्वास कायम रहने बताए। उनले नेपाली सेना, न्यायालय, संवैधानिक निकाय तथा कर्मचारीतन्त्रप्रति पार्टीको कुनै बैरभाव नरहेको स्पष्ट पारे।

यसअघि प्रतिनिधिसभाको बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को फागुन २१ गतेको चुनावी विजयलाई लिएर व्यंग्य गरेका थिए । उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था तथा भदौ २३–२४ को जेन–जी आन्दोलनका ‘खलपात्र’लाई समेत बधाई दिएका थिए ।

थापाले व्यंग्यात्मक रूपमा नेपाली सेना, सुरक्षा निकाय, ‘बारबरा फाउन्डेशन’, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका शक्तिले रास्वपाको पक्षमा माहोल बनाएको टिप्पणी गरेका थिए । उनले भदौ २३–२४ को आन्दोलनलाई रास्वपाको अघोषित नेतृत्वमा भएको दाबीसमेत गरे।

उनले ‘नीलो क्रान्ति’ को संस्थागत विजय भएको उल्लेख गर्दै चैत १३ मा बालेन्द्र शाह नेतृत्वको सरकारको सपथसँगै नयाँ राजनीतिक अध्याय सुरु भएको टिप्पणी गरेका थिए ।

थापाले भदौ २३–२४ का घटनाबारे प्रश्न उठाउँदै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र बालुवाटारमा भएको आगजनीको उद्देश्यबारे स्पष्ट पार्नुपर्ने बताएका थिए।

थापाको उक्त अभिव्यक्तिपछि एमालेभित्र औपचारिक बहस सुरु भएको छ भने पार्टी नेतृत्वले यसलाई गम्भीर रूपमा लिएको संकेत दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : २८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।