सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर « Khabarhub

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो ।

सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो । कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा, २० जनाको दाँत र १४ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ । शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गर्नुका साथै केहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ महिला र ३९ पुरुष छन्, जसमा ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका रहेका छन् ।

शिविरमा आएका बिरामीहरूमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वास र विभिन्न किसिमका संक्रमण तथा चोटपटकको समस्या देखिएको चिकित्सकले बताएका छन् । मन्त्रालयको उच्च नेतृत्वले दुवै शिविरको स्थलगत अनुगमन समेत गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : १४ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका