नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना « Khabarhub

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उनका समर्थकहरूले बताएका छन् । दुई दशक भन्दा बढीको अधिकार अभियानको आधारमा सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेका मोहम्मदीलाई इरानका धर्मगुरु तथा अधिकारीहरू विरुद्ध बोलेको आधारमा गत डिसेम्बरमा पूर्वी सहर मशादबाट पक्राउ गरिएको थियो ।

उनका समर्थकहरूले उनको स्वास्थ्यको बारेमा महिनाौँ देखि चेतावनी दिँदै आएको र मार्चको अन्त्यमा उनलाई शंकास्पद हृदयघात भएको तर आवाश्यक चिकित्सा उपचार प्राप्त भएको बताएका छन् । मोहम्मदीको फाउन्डेसनले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तीमा, गम्भीर हृदयघातको उपचारका लागि जन्जानको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनको परिवारले यस कदमलाई अन्तिम कार्यको रूपमा वर्णन गरेको जनाइएको छ । उनका वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा, मोहम्मदीलाई सुरुमा रक्तचापमा समस्या आएपछि बेहोस भएको तथा अस्पतालमा भर्ना गर्न चिकित्सकहरूले अस्विकार गरेको बताएका छन् ।

न्यूरोलोजिस्टका अनुसार, उनको हृदयघातसम्बन्धी गम्भीर समस्याहरूको बाबजुद, उहाँको अवस्थालाई सम्बोधन गर्नु हालको प्राथमिकता भएको निलीले जनाएको बताएका छन् । एक शताब्दीको पछिल्लो समयमा, ५३ वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्ड र महिलाहरूका लागि अनिवार्य ड्रेस कोडको बिरूद्ध अभियान चलाएकोमा बारम्बार मुद्दा चलाइ जेलमा हालिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : १५ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा