‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची « Khabarhub

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्न अझ बढी सक्रिय बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । भियतनामको हनोई विश्वविद्यालयमा एक कार्यक्रमलाई सम्बोधनको गर्दै उनले भनिन्, “मैले जापानको जिम्मेवारी पूरा गर्ने र स्वतन्त्रता, खुलापन, विविधता, समावेशिता र विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माणमा पहिलेभन्दा बढी सक्रिय भूमिका खेल्ने मेरो दृढता दोहोराउन चाहन्छु ।“

तीव्र भूराजनीतिक प्रतिस्पर्धा, प्राविधिक नवीनतालाई गति दिइएको’ युगमा जापानी प्रधानमन्त्रीले एसियाली देशहरूलाई ‘खुलापन’ र ‘आफ्नो भविष्य निर्धारण गर्ने’ क्षमता विकास गर्ने पूयासमा जुट्न आह्वान गरिन् । जापान र भियतनाम पूर्वी र दक्षिण चीन सागरमा चीनको क्षेत्रीय दाबीको बारेमा समान धारणा राख्छन् र दुवैले आर्थिक र सुरक्षा सम्बन्धहरू विस्तार गरेर अमेरिकाद्वारा संचालित व्यापार अवरोधहरूको बिरूद्ध जोखिम कम गर्न खोजेका छन् । हनोइले आफ्नो परम्परागत ‘लचकता र व्यवहारवादी कूटनीतिक’ दृष्टिकोणको माध्यमबाट सबै विश्व शक्तिहरूसँग राम्रो सम्बन्ध कायम राख्ने लक्ष्य राखेको छ ।

टोकियोले हालैका महिनाहरूमा बेइजिङसँग आफ्नो पहिलेदेखि नै चिसो सम्बन्ध बिग्रिएको देखेको छ । एक दशकअघि ताकाइचीका पथ प्रदर्शक सिन्जो आबेले पहिलो पटक ‘स्वतन्त्र तथा खुला’ इन्डो–प्यासिफिकको अवधारणालाई यस क्षेत्रमा चीनको प्रभाव रोक्न खोज्ने अमेरिकी साझेदार र सहयोगीहरूले अँगालेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले टोकियोले ‘समूहहरूबीच टकराव भड्काउने’ आरोप लगाएका छन् ।

उनले खुला ढुवानी मार्गको महत्त्वलाई पनि जोड दिँदै भनिन्, “क्षेत्रीय आपूर्ति श्रृङ्खलाहरूलाई अन्तराष्ट्रिय कानुन अनुसार समुद्रको सुरक्षित र खुला आवागमनको वातावरण प्रत्याभूत गरिनुपर्छ ।”

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ७ : २४ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी