प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस « Khabarhub

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१-८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

उनीसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शिवकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन  प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताएका छन् ।

उहाँले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न सुझाव दिए ।

त्यस अवसरमा नायब महालेखा परीक्षक राईले सङ्घीय शासन प्रणाली सुरु भएदेखि आठ वर्षको लेखा परीक्षण भइसकेको जानकारी दिए । 

उनले ७५३ वटा स्थानीय तहमा ७२१ पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेन-जी आन्दोलनका क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरूको मात्र लेखा परीक्षण हुन नसकेको बताए।
 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  २ : ३८ बजे

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव