संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ । कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ ।

लामो समय सम्म चलिरहेको नाकाबन्दीले गाजा बासीलाई पर्याप्त आश्रय, औषधि, र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरेको जनाइएको छ भने सैन्य अपरेसनको समयमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

इजरायली अपरेसन र पश्चिमतर्फ सैन्य विस्तारको निरन्तरताको बीचमा गाजाको अधिकांश जनसङ्ख्याले विस्थापनको समस्यासँग जुधिरहनु पर्ने अवस्थाको सामना गरिरहेको जनाइएको छ । पछिल्लो समयमा निरन्तर जारी गरिएका नयाँ विस्थापन आदेशहरूले गाजा बासिन्दालाई आफ्नो आश्रय स्थान छोड्न बाध्य पारेको र यी घटनाले परिवारलाई थप विस्थापन तथा सीमित क्षेत्रहरूमा धकेल्न बाध्य पारेको छ कार्यालयले जनाएको छ ।

दीर्घकालीन विस्थापनको समस्यामा बाँचिरहेका गाजानहरु विरुद्ध निरन्तर जारी सैन्य आक्रमण र स्वास्थ्य, शिक्षा, खाद्य उत्पादन र नागरिक पूर्वाधारको विनाशका कारण गाजामा युद्ध अपराधको आयोगबारे चिन्ता बढेको अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारका प्रमुख अजित सुङ्घेले बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ३ : ५६ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा