‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित « Khabarhub

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।  

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरूमाथि छलफल भई निणयार्थ प्रस्तुत गरिएको थियो । संशोधनहरूमाथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए । 

उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियार जस्तै शक्तिशाली ’आर्थिक अपराध प्राधिकरण’ बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको बताए । 

एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक–फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानुनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए । 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  २ : ५७ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै