आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ « Khabarhub

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कागेश्वरी मनोहरा(९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका(५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

सवारीसाधनमा हिँडिरहेका निजहरूलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भेग र नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार उक्त सामान फेला परेसँगै प्रहरीले बागडोलस्थित चिनियाँ नागरिकको कोठासमेत खानतलासी गरेको छ ।

निजहरूसँग ८८१ थान भेप, रु छ लाख, चार थान चाँदी जस्तो देखिने धातुको हात्तीका मूर्ति, ५०३ चिनियाँ युआन, दश थान पावर बैङ्क, तीन थान मोबाइल, ४६ बट्टा चिनियाँ चुरोट, दुई थान विलबुक, एक थान ल्यापटप, एक थान सिपियु, एक थान डायरी र एक थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ८ : १९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,