चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्धित « Khabarhub

चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्धित


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली क्लब स्ट्रासबर्गका २१ वर्षीय अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्कोलाई सात वर्षको सम्झौतामा अनुबन्ध गरेको छ।

यस समर ट्रान्सफर विन्डोमा चेल्सी भित्रिने बार्को छैटौँ खेलाडी हुन्। यसअघि चेल्सीले मोर्गन रोजर्स, ड्यानी वेलबेक, इम्यानुएल एमेघा, म्याक्सेन्स लाक्रोय र मार्को पालेस्ट्रालाई टोलीमा भित्र्याइसकेको छ।

बार्कोले हङकङमा जारी चेल्सीको प्रि-सिजन टुरका बाँकी खेलहरूमा सहभागिता जनाउनेछन्। चेल्सीले अगस्ट ५ मा इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ। दुवै क्लबले स्थानान्तरण रकम भने सार्वजनिक गरेका छैनन्।

सन् २०२६ को फिफा विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाको टोलीबाट बार्कोले एक खेल खेलेका थिए। इङ्गल्यान्डविरुद्धको सेमिफाइनल जितपछि जुड बेलिङ्हामसँगको विवादका कारण उनी चर्चामा आएका थिए।

बोका जुनियर्सको एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका बार्को सन् २०२४ मा ७९ लाख पाउन्डमा ब्राइटन भित्रिएका थिए। ब्राइटनमा एक वर्ष बिताएपछि ऋणमा स्ट्रासबर्ग पुगेका उनले उत्कृष्ट प्रदर्शन गरेपछि सोही क्लबले खरिद गरेको थियो।

टोड बोहली र क्लियरलेक क्यापिटलको स्वामित्वमा रहेका यी दुई क्लब बिच गत सिजनदेखि अहिलेसम्म भएको यो १३ औँ सम्झौता हो। बार्को यसै समरमा स्ट्रासबर्गबाट चेल्सी आउने दोस्रो खेलाडी बनेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ६ : ५५ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई