शिक्षासहित चारवटा समितिका बैठक बस्दै « Khabarhub

शिक्षासहित चारवटा समितिका बैठक बस्दै


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति र सार्वजनिक लेख समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा नवप्रवर्तन मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा साइबर सुरक्षा सम्बन्धमा छलफल गर्ने तयारी छ ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री, सोही मन्त्रालयका सचिव, गृहमन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र नेपाल प्रहरी प्रधान कार्यालयका प्रमुख वा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
बैठकमा अर्थमन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

यस्तै, सार्वजनिक लेख समितिको बैठक २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार