भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा « Khabarhub

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग राखी आन्दोलनमा जाने निर्णय गरेको हो ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार भदौबाट आन्दोलन गर्ने निर्णय भइसकेको र आन्दोलनका थप कार्यक्रम तथा तिथि-मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ ।

नयाँ शिक्षा ऐन अविलम्ब जारी हुनुपर्ने र शिक्षा नियमावलीको १० औँ संशोधनका कतिपय प्रावधानप्रति महासंघले असहमति जनाएको छ । “नयाँ शिक्षा ऐन जारी हुनुपर्छ र दशौँ संशोधनमा समेटिएका प्रावधानहरू शिक्षक हितअनुकूल छैनन्,” महासचिव थापाले भने ।

महासंघले शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्ने माग दीर्घकालदेखि अघि सार्दै आएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने महासंघको चेतावनी छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार