अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा « Khabarhub

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित व्यापारिक घराना देवनरा समूहका घर र अफिसमा प्रहरीले छापा मारेको छ ।

सोमबार बिहान करिब ४ बजेदेखि नै प्रहरी टोलीले समूहका घर तथा कार्यालय घेराउ गरी छापा मारेको हो ।

मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको यो समूहले बाबा आयल र हाइलाइफ चप्पल उद्योगसमेत सञ्चालन गर्दै आएको छ । देवनरा समूहको नेतृत्व उद्योगी प्रकाश मुन्दडाले गरिरहेका छन् । उनी नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्षसमेत हुन् ।

प्रहरीले छापा मारी कागजात तथा आवश्यक सामग्रीको अनुसन्धान थालेको छ । छापा मार्नुको विस्तृत विवरण र बरामद कागजातबारे प्रहरीले आधिकारिक जानकारी दिन बाँकी छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार