तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न « Khabarhub

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका क्षेत्रमा भएका धार्मिक हिंसात्मक घटना तथा त्यसमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिकाप्रति कडा आपत्ति जनाएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तराईमा सिर्जित तनाव, त्यसपछिका आन्दोलन र सरकार-रास्वपाबीच भएको वार्तालाई लिएर व्यङ्ग्यात्मक प्रश्न उठाएका हुन् ।

“आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?” महासचिव पोखरेलले प्रश्न गरेका छन् ।

सुनसरीबाट सुरु भएको धार्मिक तनाव तराईका अन्य जिल्लाहरूमा फैलँदा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन कतिपय स्थानमा कर्फ्यु आदेश जारी गरी सरकारले वार्ता र छानबिनको प्रतिबद्धता व्यक्त गरेको थियो । राजनीतिक दलहरूले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरिरहेका बेला एमाले महासचिवको यो अभिव्यक्ति आएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार