बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ « Khabarhub

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई सबैलाई एकैपटक खुसी पार्ने प्रयास नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले प्रसिद्ध अंग्रेजी भनाइ उद्धृत गर्दै नयाँ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिँ दिन सक्छु- त्यो हो, सबैलाई एकैचोटि खुसी पार्ने प्रयत्न गर!” अंग्रेजी भनाइको राख्दै डा. भट्टराईले लेखेका छन् ।

सरकारले सबै पक्षलाई रिझाउन खोज्दा मूल काम र लक्ष्यबाट विचलित भई असफलतातिर धकेलिने जोखिम रहने सङ्केत गर्दै उनले भनेका छन्, “युवा बाहुल्य नयाँ सरकारको बेलैमा ध्यान पुगोस्!”

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : ०४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन