निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता « Khabarhub

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही निर्मल पुर्जाको सम्मान र स्मृतिमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिमाल आरोहणमा ज्यान गुमाएका पुर्जाप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई पुर्जाले पुर्‍याएको योगदानको स्मरणसमेत गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको नतिजा आएलगत्तै पुर्जा राष्ट्रिय आविष्कार केन्द्रमै पुगेर बधाई दिँदै आफूलाई हस्ताक्षरित पुस्तक उपहार दिएको प्रसङ्ग मन्त्री पुनले उल्लेख गरेका छन् । “सो हस्ताक्षर सहितको किताबको फोटो राखेर उनलाई हार्दिक श्रद्धाञ्जली दिन्छु भनेर तीन दिनदेखि खोजिरहेको थिएँ, तर भेटिएन,” मन्त्री पुनले लेखेका छन्, “आविष्कार केन्द्रका अरू साथीहरूले पढ्न लगेका वा कुनै शुभेच्छुकले लगेका हुन सक्छन्, कुनै न कुनै दिन भेटिएला भन्ने आशा छ ।”

निर्मल पुर्जाले पहिलेदेखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई बेलाबेलामा सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री पुनले उनको स्मृतिमा सम्झनयोग्य ठोस कार्य गर्ने प्रयास गर्ने बताएका छन् । साथै, सोही दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतारोहीप्रति पनि उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार