ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु « Khabarhub

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

इजरायलको ड्रोन हमलामा गर्भवती र बालबालिका मारिए


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि भन्दै ऐतिहासिक कदमको रूपमा नयाँ योजना घोषणा गरिरहेकै समयमा इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र पारेको छ। इजरायलको पछिल्लो हमलामा परी कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

अल सिफा अस्पतालका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अलजजिराले लेखेको खबर अनुसार गाजा सिटीको पश्चिमी भेगस्थित अल सुसी टावरको एउटा आवासीय अपार्टमेन्टमा भएको हवाई हमलामा एकै परिवारका तीन जनाको ज्यान गएको छ। मारिनेमा ३३ वर्षीय अब्दुल्लाह अबु ताइफ, उनकी २९ वर्षीया गर्भवती श्रीमती अबिर अनन र उनका पाँच वर्षीय छोरा अज्जाम रहेका छन्।

त्यस्तै, खान युनिस सहरको उत्तर(पश्चिममा रहेको अल करारमा भएको अर्को अपार्टमेन्ट आक्रमणमा अल हम्स परिवारका तीन जना ३८ वर्षीय पिता महमुद, ३७ वर्षीया आमा फातिमा र उनकी छोरीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

मध्य गाजाको देर अल बलाह नजिकै घरमै भएका बेला ६८ वर्षीय कामु अबु मुइलिक र उनकी ५९ वर्षीया श्रीमती हुँदाको इजरायली हमलामा परेर मृत्यु भएको छ। सोही क्षेत्रमा मोटरसाइकलमा सवार दुई दाजुभाइले पनि ज्यान गुमाएका छन्।

उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा एक प्यालेस्टिनीलाई लक्षित गरी गरिएको सीधा प्रहारमा उनको मृत्यु भएको छ भने खान युनिसको अल मवासीस्थित एउटा त्रिपालमा भएको आक्रमणमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

यसैगरी गाजा सिटीको अल रिमाल क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको त्रिपालमा इजरायली ड्रोन आक्रमण हुँदा दुई जना र गाजा सिटीमै एउटा गाडीलाई लक्षित गरी गरिएको हमलामा चार जनाको मृत्यु भएको छ।

समाचारमा उल्लेख भए अनुसार हालैका हप्तामध्ये आइतबार बिहानदेखि भएका यी आक्रमणहरूमा सबैभन्दा धेरै मानवीय क्षति भएको हो।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ११ : ०० बजे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा