मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न « Khabarhub

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले तराई-मधेशमा देखिएको धार्मिक तथा सामाजिक तनाव र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

आचार्यले मधेशमा विकसित भइरहेको धार्मिक तथा सामाजिक तनाव आकस्मिक घटना नभएको उनले बताए । सत्ताधारी दलका नेताहरूका अभिव्यक्ति र गृहमन्त्रीले धार्मिक संघ-संस्थासँगको अपारदर्शी सहमतिका कारण परिस्थिति थप जटिल बनेको उनले बताएका छन्।

आचार्यले संवेदनशील धार्मिक विषयमा दीर्घकालीन समाधान खोज्नुको सट्टा राजनीतिक लाभ-हानीलाई केन्द्रमा राखेर सहमति गर्ने र उत्तेजक अभिव्यक्ति दिने प्रवृत्तिले सामाजिक सद्भावमा नकारात्मक असर परेको उल्लेख गरेका छन्।

आचार्यले राज्यको प्रमुख दायित्व शान्ति, सद्भाव र विधिको शासन कायम गर्नु भएको स्मरण गराउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप समेत लगाएका छन्।

अशान्ति फैलाउने तत्त्वलाई प्रश्रय पुग्ने गतिविधि भइरहेको भन्दै उनले यसले सरकार र सत्ताधारी दलको नियतमाथि नै गम्भीर प्रश्न उठाएको बताएका छन्।

मधेशको सामाजिक सद्भाव जोगाउन आरोप–प्रत्यारोपभन्दा निष्पक्ष, पारदर्शी र ठोस सरकारी कदम आवश्यक रहेको उनले बताए । कुनै पनि बहानामा सामाजिक सद्भाव बिथोल्ने वा साम्प्रदायिक हिंसा भड्काउने प्रयास नगर्न उनले सबै पक्षसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन