अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई « Khabarhub

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन कार्यान्वयन गर्ने बताएका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राईले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री पदबाट हटाउन केपी ओलीले दिएको निर्देशन कार्यान्वयन हुने बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै राईले केन्द्रबाट दिएको निर्देशन कोशीमा लागू हुने बताए । उनले भने, ‘केन्द्रीय नेतृत्वले दिएको निर्देशन कार्यान्वयन हुन्छ, त्यस अनुसार हामीले काम गरिरहेका छौँ । पार्टी भनेको नीति, विधि र सिद्धान्तमा चल्छ ।’

अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा लागेको भन्दै हिक्मतकुमार कार्कीलाई हटाउने प्रयास गरिएको छ । हिक्मतको ठाउँमा ओलीले ताप्लेजुङका पुराना नेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ४ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार