बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता « Khabarhub

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । 

महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।

‘सहरमा उत्पादन हुने जैविक फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित सम्झौता भएको छ । यो लक्ष्यमा पुग्न निर्धारित समयभित्रै काम पूरा हुने आशा राखेका छौँ’, सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘पुनः स्थापना गर्नु मात्र महत्वपूर्ण उपलब्धि होइन । यसको दिगो सञ्चालन गर्नु र यसलाई सिकाइका रूपमा विस्तार गर्नु उपलब्धि हुनेछ । यो योजना सफल बनाएर सहरमा उत्पादन भएको फोहरलाई दिगो व्यवस्थापनको प्रणालीमा हाम्रो प्रयास जारी छ ।’

केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालनमा ल्याउने बताए।

‘यसको अनुगमन र सुपरीवेक्षणपछि महानगरपालिकालाई हस्तान्तरण गर्नेछौँ’, उनले भने, ‘हरित जलवायु कोषअन्तर्गतका कार्यक्रममा महानगरपालिका र केन्द्रबीच सहकार्य हुन सक्छ ।’

यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत विसं २०७२ मा निर्माण सुरु गरेर विसं २०७५ देखि सञ्चालन थालिएको थियो ।

प्लान्ट सञ्चालन गर्दा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।

प्राविधिक कारणले सञ्चालन हुन नसकेको परियोजनालाई पुनः दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौताअनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जनाएको छ ।

यस्तै, प्लान्ट सञ्चालनका लागि योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक ढाँचामा लैजाने, पुनः स्थापनापश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरी वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायोग्यास र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’मा योगदान पुर्याउने जिम्मेवारी महानगरपालिकाको हुने बताइएको छ । 

परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ४ : ५० बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार