उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन « Khabarhub

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासङ्घका अनुसार यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकामा बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन् । 

महासङ्घको सचिवालय टेकुमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरे। उनले विषयगत समिति निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा रहेका बताए। 

अध्यक्ष वैद्यले समितिलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या र नीतिगत विषयमा अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे। निजी क्षेत्रको सशक्तीकरण, आर्थिक समृद्धि, नीति निर्माणमा सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा समितिको भूमिका महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे। 

महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समिति महासङ्घका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने आधारका रूपमा रहेका बताउँदै सम्बन्धित क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरे। कोषाध्यक्ष मनीषलाल प्रधानले निजी क्षेत्र, सरकार र सरोकार भएका निकायबीच समन्वय बढाउन समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताए। 

बैंक, फाइनान्स तथा बिमा समितिका सभापति हेमन्त गोल्छाले बैंक तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताए। मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा जोड दिने बताए।

पर्यटन तथा हवाई यातायात समितिका सभापति सङ्घर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे। महासङ्घमा विभिन्न २५ वटा विषयगत समिति रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : ४१ बजे

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन