दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप नगरी रिहा गर्न आदेश दिएको हो ।

अदालतका तहसिलदार दलबहादुर बजिमयँले प्रसाईंलाई म्याद थप गरेर अनुसन्धान अघि बढाउन प्रहरीले गरेको माग अस्वीकार गर्दै रिहा गर्न आदेश भएको बताए ।

अभियन्ता प्रसाईंलाई आइतबार राति प्रहरीले भक्तपुरको ठिमीस्थित निवासबाटै समातेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरिएका उनीमाथि सामाजिक सद्भाव भड्काएको आरोप लगाइएको थियो।

उनले आइतबार दिउँसो पत्रकार हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए । प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा सरकारले पटक पटक पक्राउ गर्ने गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ६ : ४९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन