कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह « Khabarhub

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ ।

मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

तटीय क्षेत्रमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ । कालीगण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उनले बताए ।

पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै खुलाउन नसकिएको उनले बताए । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो पहिरो जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : ५७ बजे

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा