ओमानको तटमा जहाजमाथि हवाई आक्रमण, एक भारतीयको मृत्यु « Khabarhub

ओमानको तटमा जहाजमाथि हवाई आक्रमण, एक भारतीयको मृत्यु


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओमानको तटनजिक व्यावसायिक जहाजमाथि सोमबार भएको हवाई आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतका केन्द्रीय जलमार्गमन्त्री सर्वानन्द सोनोवालका अनुसार ‘एमएसभी अल जुुसुफी’ नामक जहाजमा १४ जना भारतीय नाविक सवार थिए ।

आक्रमणपछि ओमानको तटरक्षक बलले १३ जनालाई सकुशल उद्धार गरेको थियो । गुजरातका निवासी नाविक गान्धार नहिम अजिजको भने चोटका कारण मृत्यु भएको हो ।

मन्त्री सोनोवालले सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालय र ओमानस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।

उद्धार गरिएका १३ जना नाविकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने र उनीहरूलाई चाँडै भारत फर्काउने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । मृतक नाविकको शव स्वदेश ल्याउने तयारीसमेत भइरहेको छ ।

यसैबीच, भारतको विदेश मन्त्रालयले पनि व्यावसायिक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाबारे निगरानी गरिरहेको र ओमानी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका निरन्तरका आक्रमणलाई भारतले चिन्ताजनक भनेको छ । मन्त्रालयले क्षेत्रीय तनाव कम गर्न र शान्ति तथा स्थायित्व कायम गर्न कूटनीतिक माध्यमबाट भइरहेको वार्ता निष्कर्षमा पुर्‍याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ३९ बजे

सभामुख अर्यालको उपस्थितिमा आईपीयू क्षेत्रीय सम्मेलनबारे उच्चस्तरीय छलफल, संसदीय कूटनीति प्रवर्द्धनमा जोड

काठमाडाैँ – अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको

जनकपुर बोल्ट्स र विराटनगर किंग्सका समर्थक (तस्बिरहररु)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित,

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष