संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख « Khabarhub

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूले गरेको माग सभामुख डीपी अर्यालसमक्ष पुर्‍याएका छन् ।

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले विपक्षी दलहरूको बैठकले गरेको निर्णयबारे जानकारी गराएका हुन् ।

सोमबार बसेको कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका नेताहरूको बैठकले संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय गरेको थियो ।

सञ्चारगृहमा प्रहरीको धरपकड र पक्राउ तथा सर्वोच्च अदालतमा बिचौलियाको संलग्नतासम्बन्धी विषयमा संसदीय छानबिन आवश्यक रहेको विपक्षी दलहरूको निष्कर्ष छ । ती विषयमा संसद्मा छलफल र छानबिनको प्रक्रिया अघि बढाउन अधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको माग छ ।

विपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाइरहेका बेला आङदेम्बेले सभामुखलाई भेटेर सामूहिक निर्णयबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  २ : २८ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट