तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास « Khabarhub

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ ।

भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले त्यसको सामना गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न अभ्यास गरिएको बताए ।

अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीले आगलागी नियन्त्रणका उपकरण प्रयोग, आगो निभाउने विधि तथा उद्धार कार्यको व्यावहारिक अभ्यास गरेका थिए । यस्ता अभ्यासले सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए ।

उनले तिहारमा पटका तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन र घर तथा पसलमा आगो एवं विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : १३ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट