प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने « Khabarhub

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आगामी मंगलबार निर्वाचन गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेताका लागि मंगलबार चुनाव गराउने निर्णय लिएको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निष्कल राई र भरतबहादुर खड्कासहितले दाबी गरेका छन् ।

बिहीबार बसेको संसद्को पहिलो बैठकमा भने दलको तर्फबाट सांसद भीष्मराज आङदेम्बेले बोलेका थिए ।

कांग्रेसमा दुई समूहको किचलोका कारण संसद् बसिसक्दा पनि दलको नेता चयन हुन सकेको छैन । संसद्का अन्य सबै दलले नेता चुनिसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ०७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम