कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, कम्तीमा एक जनाको मृत्यु, दर्जनौँ घाइते « Khabarhub

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, कम्तीमा एक जनाको मृत्यु, दर्जनौँ घाइते


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतले इरानको एक हमलामा देशको अन्तर्राष्ट्रिय विमानस्थललाई ठूलो क्षति पुगेको जनाएको। यस हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका कुवेती समाचार एजेन्सीले जनाएको छ।

हमलापछि कुवेतले सबै व्यावसायिक उडानहरूलाई अस्थायी रूपमा निलम्बन गरेको छ। यो हमला त्यस्तो बेला भएको हो, जब इरान र अमेरिकाबीचको तनाव फेरि बढ्दै गएको देखिन्छ।

इरानले कुवेत-बहराइनलाई जिम्मेवार ठहर्‍यायो

इरानले अमेरिकाको हालैका हमलाहरूको निन्दा गर्दै यिनलाई युद्धविराम र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ।

इरानी विदेश मन्त्रालयले भनेको छ, ‘कुवेत र बहराइन यी हमलाहरूका लागि सीधा र स्पष्ट रूपमा जिम्मेवार छन्। किनकि उनीहरूको क्षेत्र र सैन्य बेसहरूको प्रयोग इरानविरुद्ध अमेरिकी अपरेसनमा गरिएको थियो।’

तेहरानले उसलाई आत्मरक्षाको अधिकार रहेको जनाएको छ। भविष्यमा कुनै पनि हमलाको स्रोतलाई निशाना बनाउनेलगायत हरेक आवश्यक कदम चालिने इरानले चेतावनी दिएको छ।

कुवेतको सेनाले बताएअनुसार कुवेत इन्टरनेसनल एयरपोर्टको एक टर्मिनलमा ड्रोन र मिसाइल हमला भएको थियो ।

जसबाट टर्मिनल भवनलाई ठूलो क्षति पुगेको छ । कुवेत न्यूज एजेन्सीका अनुसार एकजनाको मृत्यु हुँदा अन्य घाइतेहरूको उपचार भइरहेको छ।

जनरल सिभिल एविएशन अथोरिटीले बताएअनुसार एयरपोर्टमा उडानहरू अहिले रोक्का गरिएका छन्। अर्को सूचना नआउँदासम्म उडानहरूलाई अन्य एयरपोर्टमा डाइभर्ट गरिएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ३ : २८ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका