कुवेतमा एउटै इरानी आक्रमणबाट १ जनाको मृत्यु, ६३ जना घाइते « Khabarhub

कुवेतमा एउटै इरानी आक्रमणबाट १ जनाको मृत्यु, ६३ जना घाइते


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले गरेको आक्रमणमा कुवेतमा कम्तीमा ६३ जना घाइते भएका छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये विमानस्थलका कर्मचारी र यात्रु पनि रहेका छन्। आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ।

कुवेतको विदेश मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ। घटनापछि केही समयका लागि विमानस्थलको सञ्चालन प्रभावित भएको थियो। सुरक्षा जाँच सम्पन्न भएपछि सीमित रूपमा उडान सेवा पुनः सञ्चालन गरिएको जनाइएको छ।

कुवेतले इरानी आक्रमणका कारण आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो क्षति पुगेको जनाएको छ। आक्रमणपछि सबै व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको थियो।

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव पुनः बढिरहेका बेला भएको यस आक्रमणले क्षेत्रीय सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : १० बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल