सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो « Khabarhub

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा खसेको कारमा सवार तीनै जनाको पहिचान खुलेको छ। सोमबार पौने १२ बजे भएको दुर्घटनामा परी बेपत्ता भएकामध्ये तेस्रो व्यक्तिको पनि पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार पहिचान खुल्न बाँकी रहेका तेस्रो व्यक्ति तिनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर हुन्।

कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का पूर्ववडाध्यक्ष ३९ वर्षीय दिलकुमार लामा र गोलान्जोर गाउँपालिका-१ का २८ वर्षीय गणेश थापा पनि सवार थिए। लामा नेकपा एमालेका स्थानीय नेता तथा निर्माण व्यवसायी हुन्। दुर्घटनाका क्रममा कार लामा आफैंले चलाइरहेका थिए।

हेमबहादुर तामाङले चलाएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएपछि कार अनियन्त्रित भई सुनकोशी नदीमा खसेको थियो। ठक्कर दिने बसका चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

नदीमा बेपत्ता भएका तीनै जनाको खोजी कार्य जारी छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली खोजीमा परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ९ : ३९ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न