कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै « Khabarhub

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

बिहीबार परराष्ट्रमन्त्रीले शुभारम्भ गर्ने


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन “नेपाल ई-प्रमाणीकरण प्रणाली (NEATS)” कार्यान्वयनमा ल्याउने भएको छ।

नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित भएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र र आधारभूत कागजातको प्रमाणीकरणका लागि अनलाइन आवेदन दिने कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली विकसित गरिएको विभागले जनाएको छ।

उक्त नयाँ प्रणालीको शुभारम्भ परराष्ट्रमन्त्रीबाट साउन २९ गते, बिहीबार दिउँसो ३ बजे हुने कार्यक्रम रहेको छ। कार्यक्रम सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तल्लामा रहेको सभाहलमा आयोजना हुँदैछ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ९ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार