प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पूल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पुर्‍याउन समस्या भएको भन्दै चाँडो निर्माण गर्न सरकारसँग माग गरे ।

राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सांसद लेखजङ्ग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेविज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग अपिल गरे । उनले ५० भन्दाबढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराए । 

नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योलमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

रास्वपाका सांसद भरत पराजुलीले विपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कारको ठक्करमा परी चारजना सवार सुनकोसी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका सांसद अरविद साहले सुनसरी घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना दोहरिन नदिन सरकार सचेत हुनुपर्ने बताए ।
 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : ५८ बजे

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै