वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण « Khabarhub

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनाएको विधेयकका केही मस्यौदामा ध्यानाकर्षण भएको जनाएका छन् । 

मंगलबार प्ले कार्ड सहित प्रदर्शन गर्दै इको क्लब त्रिचन्द्रका विद्यार्थीले ‘वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को मस्यौदामा उल्लेख भएको ‘वातावरण निरीक्षक’ र ‘वातावरण परीक्षक’को योग्यतासम्बन्धी व्यवस्थामा ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक मस्यौदामा ‘वातावरण निरीक्षक’ र ‘वातावरण परीक्षक’ को योग्यतासम्बन्धी प्रस्तावित व्यवस्थाले वातावरण विषयबाहेक अन्य विविध विषयमा स्नातक गरेका व्यक्तिलाई समेत योग्य मान्ने व्यवस्था समावेश भएको देखिएको उनीहरूको भनाइ छ ।

सोही व्यवस्था आधिकारिक मस्यौदामा रहेको पुष्टि भएमा यो वातावरण निरीक्षण तथा वातावरण परीक्षण जस्ता विशिष्टीकृत प्राविधिक जिम्मेवारीहरूको मर्म, वातावरण पेशाको व्यावसायिक मान्यता तथा वातावरण विज्ञान, वातावरण इन्जिनियरिङ, वातावरण व्यवस्थापन लगायत वातावरण विषयमा अध्ययन गरेका हजारौँ दक्ष जनशक्तिको भूमिका र योगदानलाई कमजोर बनाउने गम्भीर विषय हुने उनीहरूको बताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : २६ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते