राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर « Khabarhub

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आव २०७६/७७ मा वडा नं १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको सङ्कलन तथा निकासीको बोलपत्र आह्वान गरेको र बोलपत्र भएपश्चात ठेकेदारसँग आपसी मोलमोलाई गरी सम्झौताबिना कार्यालयबाट सहीछापसहितको नगदी रसिद जारी गरी अनियमित ढङ्गले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको आरोपमा आरोप पत्र दायर गरिएको जानकारी दिए। 

आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भू चौधरी, सगुन कन्स्ट्रक्सन, बुटवल भनिने सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि रूपन्देही, उक्त कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनमाथि आरोप पत्र दायर गरेको जनाएको छ ।
 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : ५१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले