पाकिस्तानमा बसेर विश्वभरका मान्छे ठग्ने गिरोहको पर्दाफास « Khabarhub

पाकिस्तानमा बसेर विश्वभरका मान्छे ठग्ने गिरोहको पर्दाफास


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानलाई आधार बनाएर अनलाइन ठगी गर्ने गिरोहले विश्वभरका नागरिकहरूलाई निशाना बनाइरहेको एक अनुसन्धानले खुलासा गरेको छ । संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले हालै अनलाइन ठगी र अन्य अवैध गतिविधिविरूद्ध चलाएको वृहद कारवाहीका क्रममा सयौँ विदेशी नागरिकहरू पक्राउ परेपछि यो रहस्य खुल्न आएको हो ।

अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका विदेशीहरूलाई सबै कानुनी प्रक्रिया तथा कागजातको पालना गर्दै १५ दिनभित्र पाकिस्तान छाड्न निर्देशन दिइएको छ । यस प्रकरणमा पाकिस्तान टेलिकम्युनिकेसन अथोरिटी (पिटिए), संघीय राजस्व बोर्ड (एफबिआर) र सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तान (एसइसीपी) लाई समेत अनुसन्धानको दायरामा तानिएको छ ।

साथै, विदेशी नागरिकहरूको प्रवेश, बसाइ, व्यापारिक गतिविधि र उनीहरूको साइबर नेटवर्क पत्ता लगाउन आप्रवासन तथा राहदानी अधिकारीहरूसँग पनि विस्तृत विवरण माग गरिएको छ। अनुसन्धानका क्रममा केही रोचक र गम्भीर तथ्यहरू बाहिर आएका छन्।

तीन महिनाअघि शेफको रूपमा पाकिस्तान आएका एक इन्डोनेसियाली ठगले आफ्नो गिरोहबारे खुलासा गर्दै चिनियाँ र इन्डोनेसियाली नागरिकसहितको ९ जनाको समूहले विभिन्न योजनामार्फत इन्डोनेसियाका ४० वर्षभन्दा बढी उमेरका महिलाहरूलाई निशाना बनाएर मासिक ८० हजार डलरसम्म कमाउने गरेको बताएका छन् । पाकिस्तानमै बसेर विदेशमा रहेका व्यक्तिहरूलाई ठगी गर्ने जाल फैलिएको पाइएपछि अनुसन्धानलाई देशबाहिरका पीडित र नेटवर्कका अन्य सदस्यहरूसम्मै विस्तार गरिएको छ।

यसैबीच, यस किसिमका अवैध कल सेन्टर, साइबर धोखाधडी र अवाञ्छित गतिविधिहरूलाई निमिट्यान्न पार्न संघीय सरकारले देशव्यापी रूपमा ठूलो कारबाही चलाउने निर्णय गरेको छ। एफआइए मुख्यालयको प्रत्यक्ष निगरानीमा विशेष कार्यदल गठन गरिएको छ भने कल सेन्टरहरूमाथि गरिने कारबाहीको दैनिक प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

उक्त कार्यदलले फिरौती, ब्याकमेलिङ, जुवा र विभिन्न प्रलोभनका स्क्यामहरूको अनुसन्धान गर्नेछ। यसअन्तर्गत कराँचीलगायतका प्रमुख सहरहरूमा सञ्चालित शंकास्पद कल सेन्टरहरूको सूचीसमेत तयार पारिसकिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ३ : ५३ बजे

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी