अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको छ । यसै सिलसिलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूतहरू ज्यारेड कुश्नर र स्टिभ विट्कफले रुसको भ्रमण गर्ने तयारी गरेका छन् ।

रुसको भ्रमणपछि उनीहरू युक्रेनको राजधानी किभ जाने कार्यक्रम रहेको छ। यसअघि अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्‍याटक्लिफले पनि रुसको भ्रमण गरिसकेका छन् । पछिल्लो समय अमेरिका र रुसबीचको यो उच्चस्तरीय संवादलाई युक्रेन संकट समाधानको सम्भावित मार्गचित्रसँग जोडेर निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी दूतहरूसँगको निरन्तरको टेलिफोन संवाद र आगामी भ्रमणको तयारीबारे पुष्टि गरेका छन्। विश्लेषकहरूले अमेरिकी दूतहरूको यस दोहोरो भ्रमणले आगामी दिनमा शान्ति वार्ताको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  २ : ४७ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण