बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु « Khabarhub

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो । 

‘सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए’, कार्यालयले भनेको छ, ‘क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो ।’

जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ । यी पाँच वटा झोलुङ्गे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न गरिनेछ ।

पुनःनिर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाइएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : २४ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी