हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन « Khabarhub

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । करिब १२ वर्षदेखि अड्किएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषदबाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौँडा–ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठको पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए ।

उनकाअनुसार हेटौँडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ ।

‘१४ वटा टावर तयार भइसक्यो । बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ । १०–१५ दिनमै तयार गरेर चार्ज गर्छौँ । यसलाई ब्याक बोनको रूपमा लिएका छौँ । जसले गर्दा सम्पलाईको रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौँ भने निर्यात पनि बढाउन सक्छौँ । दसैँलगत्तै चार्ज गर्ने तयारी छ’, कार्यकारी निर्देशक श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको बताए । उनले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताए ।

मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : १२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण