कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी « Khabarhub

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको पर्दाबाट राजनीतितर्फ अघि बढ्ने तयारीमा छन् । उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका रिजालले यसपटक पहिलोपटक केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । 

कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक महासंघका महामन्त्रीसमेत रहेका रिजालले कला क्षेत्रका समस्या र मुद्दालाई राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन उम्मेदवारी दिन लागेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा जोडिएका रिजालले आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म विस्तार गर्न खोजेका हुन् । 

उनका अनुसार कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित विषयहरू विभिन्न समयमा उठ्ने गरे पनि तिनलाई नीतिगत रूपमा सम्बोधन गर्न राजनीतिक तहमा बलियो प्रतिनिधित्व आवश्यक छ ।

यसअघि पार्टीको तल्लो तहदेखि महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हाल्दै आएका रिजालले अब केन्द्रीय सदस्य बनेर कला, संस्कृति र कलाकारका मुद्दालाई पार्टीको नीति निर्माणसँग जोड्ने लक्ष्य लिएका छन् ।

हास्य कलाकारका रूपमा दर्शकमाझ परिचित रिजालको कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारीले भने १५औँ महाधिवेशनमा कला क्षेत्रबाट हुने राजनीतिक प्रतिनिधित्वलाई पनि चासोको विषय बनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ५४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको