अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प « Khabarhub

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताएका छन् । 

उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ । 

ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन्  । 

अमेरिकाले विदेशबाट आयात हुने गाडीमा २५ प्रतिशत शुल्क लगाएपछि केही कम्पनीले देशभित्र रहेका कारखानाको उत्पादन क्षमता थप उपयोग गर्ने योजना बनाएका छन् ।

गाडी उद्योगकी विश्लेषक स्टेफनी ब्रिन्लीका अनुसार आयात शुल्कबाट अमेरिकी गाडी उद्योगलाई केही लाभ पुगेको देखिन्छ । यद्यपि, व्यापार नीतिमा भइरहेका परिवर्तनका कारण कम्पनीहरूले दीर्घकालीन लगानीसम्बन्धी निर्णय गर्दा थप सावधानी अपनाइरहेका छन् ।

अमेरिका र क्यानडाबीचको व्यापारसम्बन्धी छलफलले पनि गाडी उद्योगमा केही अन्योल सिर्जना गरेको छ । होन्डाले उत्तर अमेरिकामा रहेका आफ्ना कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेको जनाएको छ । कम्पनीले भविष्यमा नयाँ कारखाना निर्माण गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको जनाएको छ ।

यसैबीच, आयात शुल्क तथा विद्युतीय गाडीसम्बन्धी सरकारी नीतिमा भएका परिवर्तनले गाडीका पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरूलाई समेत प्रभाव पारेको बताइएको छ । अमेरिकामा यस क्षेत्रमा करिब ९ लाख ३० हजार मानिस कार्यरत छन् ।

अमेरिकी श्रम तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा गाडी उद्योगमा करिब १८ लाख मानिस कार्यरत थिए । रोजगारीमा केही सुधार देखिए पनि आगामी दिनमा व्यापार नीति, लगानीको वातावरण र बजारको अवस्थाले उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । रासस

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : ०७ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न