काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा पार्टीका तर्फबाट एक जना नेता बढीमा दुई कार्यकाल मात्रै प्रधानमन्त्री पदमा रहने प्रस्ताव गरिएको छ ।
प्रतिवेदनमा एउटै व्यक्ति प्रधानमन्त्री हुँदा दुई कार्यकाल भन्दा बढी नरहने प्रस्ताव प्रस्तुत गरिएको हो । कुनै व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव पनि गरिएको छ ।
सत्ता र नेतृत्वमा दीर्घकालीन व्यक्तिगत पकड रोक्न प्रधानमन्त्रीको कार्यकाल सीमा निर्धारण गर्ने प्रस्ताव राजनीति प्रतिवेदनमा समेटिएको हो । सातै प्रदेशमा समीक्षा प्रक्रिया सुरु गर्ने, पहिलो समुन्नति नीति–पत्र सार्वजनिक गर्ने र सामुदायिक योगदानको अभिलेख तयार गर्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा विदेशमा रहेका नेपालीहरूले पनि मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्थालाई प्राथमिकता दिएको छ ।














प्रतिक्रिया