कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै « Khabarhub

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि कार्यरत नेपाली श्रमिकहरूको पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन–२०२६, सिजन–९’ अभियान सञ्चालन गर्ने भएको छ ।

एनआरएनए कतारका अनुसार अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याई पारिवारिक पुनर्मिलन गराइनेछ । परिवारका सदस्यहरूको कतार बसाइका क्रममा होटल तथा विभिन्न आकर्षक स्थानको भ्रमणको समेत व्यवस्था गरिने जनाइएको छ ।

लामो समयदेखि परिवारसँग टाढा रहेका नेपाली श्रमिकलाई परिवारसँग खुसी साट्ने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का कतारका महासचिव शिव भुजेलले बताए । 

अभियानको उद्देश्य, छनोट प्रक्रिया तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियान सफल बनाउन  सरोकारवालासँग आग्रह गरिएको छ । 

भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन रहेको अभियानको सहकार्य क्युएफएम रेडियो नेटवर्कले गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ४८ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै