कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै « Khabarhub

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि कार्यरत नेपाली श्रमिकहरूको पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन–२०२६, सिजन–९’ अभियान सञ्चालन गर्ने भएको छ ।

एनआरएनए कतारका अनुसार अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याई पारिवारिक पुनर्मिलन गराइनेछ । परिवारका सदस्यहरूको कतार बसाइका क्रममा होटल तथा विभिन्न आकर्षक स्थानको भ्रमणको समेत व्यवस्था गरिने जनाइएको छ ।

लामो समयदेखि परिवारसँग टाढा रहेका नेपाली श्रमिकलाई परिवारसँग खुसी साट्ने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का कतारका महासचिव शिव भुजेलले बताए । 

अभियानको उद्देश्य, छनोट प्रक्रिया तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियान सफल बनाउन  सरोकारवालासँग आग्रह गरिएको छ । 

भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन रहेको अभियानको सहकार्य क्युएफएम रेडियो नेटवर्कले गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ४८ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता